वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्छु : ध्रुब बस्नेत

वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्छु : ध्रुब बस्नेत

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरबाट सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बन्नुभएका ध्रुब बस्नेतले आफुले वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले वडाअध्यक्षमा निर्वाचित भएपछि आफुलाई राज्यकोषबाट आउने कुनै पनि नगद रकमबाट वडामा रहेका दलित,गरिब र जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले सुकाजोरमा नगद ५ सय रुपैँया तिरेर खानेपानी उपभोग गरिरहेका नागरीकहरुलाई २ सय घटाएर नगद ३ सयमा खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । खानेपानीको धारा नपुगेका सबै घरहरुमा धारा पुर्याउने र पानीको समस्या भोग्दै आएका टोलबस्तीहरुमा लिफ्ट प्रविधि मार्फत पानीको सुविधा पुर्याउने उहाँले बताउनुभयो ।

यसैगरी सुकाजोरमा सिंगल फेज ५ एम्पीएर विद्युत मिटरबाट विद्युत खपत गरिरहेका नागरीकहरुको २० युनिटसम्म खपत हुने विद्युत महसुल एकमुष्ट वडाकार्यालयले भुत्तानी गरिदिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । वडाध्यक्षका उम्मेद्वार बस्नेतले नागरीकको घरघरमा गएर उनिहरुको चाहना बुझ्ने र सोहि अनुसार आफुले विभिन्न योजनाहरु बनाएर काम गर्ने बताउनुभयो ।

वडा नं ७ सुकाजोरको वडाअध्यक्षमा एमालेबाट ध्रुब बस्नेत,वडा सदस्यहरुमा हरिचन्द्र खड्का,तुलसा कार्की,सूर्य ब मगर र बेद कुमारी विक उम्मेद्वार छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार