रामेछापमा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु

४४ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

रामेछापमा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु

४४ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

रामेछापमा पनि आजबाट टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय रामेछापमा रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले खोप अभियानको शुभारम्भ गर्नुभयो । खोप अभियानको पहिलो दिन आज गंगालाल एकेडेमीका १४ जना विद्यार्थीलाई खोप लगाइएको छ ।

जिल्लाभरका ४४ हजार ४ सय १० जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार ३६ हजार ३ सय ३० जना विद्यालयका बालबालिका र विद्यालय बाहिरका ८ हजार ८७ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउनका लागि जिल्लामा २९० वटा खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार