ई–रामेछाप डट कम अनलाईन सम्मानित

ई–रामेछाप डट कम अनलाईन सम्मानित

रामेछाप जिल्ला केन्द्रित डिजिटल सञ्चार माध्यम ई–रामेछाप डट कम अनलाईन सम्मानित भएको छ । रामेछाप नगरपालिका वडा नं ७ वडा कार्यालयले आज एक सम्मान कार्यक्रमको आयोजना गरी ई–रामेछाप डट कम अनलाईनलाई सम्मान गरेको हो । अनलाईनका सम्पादक तथा सन्चालक राजन महतारालाई वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।

वडाको विकासमा सुचना तथा समाचार प्रकाशन गरेर महत्वपुर्ण भुमिका खेलेको भन्दै अनलाईनलाई सम्मान गरिएको हो । वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले ई–रामेछाप डट कम अनलाईन सहित वडा कार्यालयलाई यो ५ वर्षको अबद्यिमा सहयोग पुर्याउने नेपाल पत्रकार महासंघ रामेछाप,हजुरको रेडियो,हाम्रो प्रहार डटकम,विभिन्न संघसंस्था,राजनितिक दल,विद्यालय,शिक्षक,स्वास्थ्यकर्मी,स्वास्थ्य स्वयमसेवीका लगायतलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै वडाअध्यक्ष कार्कीले रामेछाप नगरपालिकाको सम्वृद्धि वडा नं ७ बाट सुरु भएको बताउनुभयो । ५ वर्षको अबद्यिमा वडा नं ७ मा धेरै विकास परिवर्तनहरु भएको उहाँको भनाई छ । उहाँले सबैको साथ,सहयोग र सहकार्यले वडामा सोचे अनुसार विकास गर्न सकिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार