रामेछापमा स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने

रामेछापमा स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने भएका छन । आज मन्थलीमा गठबन्धनको पहिलो बैठकले केन्द्रले जारी गरेको अपिललाई आत्मासात गर्दै रामेछापमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको नेपाली कांग्रेस रामेछापका उपसभापति लेख ब कार्कीले जानकारी दिनुभयो ।

पाँच दलको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम), नेकपा माओवादी केन्द्रका संयोजक मैन कुमार मोक्तान, नेकपा एकीकृत समाजबादीका अध्यक्ष रमेश कुमार बस्नेत र जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य रोज बहादुर मोक्तान सहितको टिमले गठबन्धनलाई जिल्लामा निरन्तरता दिने सहमति गरेका हुन ।

गठबन्धनलई निरन्तरता दिँदै निर्वाचनमा तालमेल गर्ने रणनिती बमोजिम गठबन्धनमा भएका दलले एक अर्कालाई प्रतिकुल असर पर्ने अभिव्यक्ति नदिने र त्यस्ता कुनै पनि गतिविधि नगर्ने र नगराउने निर्णय समेत भएको उनिहरुले विज्ञप्ती मार्फत जनाएका छन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार