सुन्तलाजात फलफुल उत्पादन प्रविधि र बजारीकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न

सुन्तलाजात फलफुल उत्पादन प्रविधि र बजारीकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापले सुन्तलाजात फलफुल उत्पादन प्रविधि र बजारीकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । जुनार जोन÷सुपरजोन क्षेत्र अन्तरर्गत रामेछाप र मन्थली नगरपालिकाका २५ जना कृषकहरुलाई तालिम दिइएको हो ।

रामेछाप नगरपालिकामा सन्चालन भएको ३ दिने तालिममा जुनार खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु,जुनारमा लाग्ने विभिन्न रोग किरा नियन्त्रणको उपायहरु,विरुवा उत्पादन,विभिन्न विषादीहरुको प्रयोग,कृषि बाली बिमा लगायका बारेमा कृषि विज्ञहरुले प्रशिक्षण दिएका थिए । उक्त तालिमको आज समापन गरिएको छ ।

रामेछाप नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत होम ब थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उहाँले जुनारखेती गर्ने कृषकहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । जुनारखेती विस्तार,प्रविधि हस्तान्तरण,रोग किरा नियन्त्रण जस्ता क्षेत्रमा नगरपालिकाले कृषकलाई सहयोग गरिरहेको उहाँको भनाई छ ।

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापका प्रमुख थिरलाल गैरले स्थानिय तहहरुको सहयोगले पछिल्लो समय जुनार खेतीको विकास र विस्तारमा धेरै फाईदा पुगेको बताउनुभयो । परियोजनाले स्थानिय सरकारसँग मिलेर धेरै काम गर्दै आएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना जुनार जोन सन्चालन समन्वय समितीका संयोजक युगराज पाख्रिनले पछिल्लो समयमा परियोजना र स्थानिय सरकारको साथ र सहयोगले व्यवसायिक जुनार खेती गर्ने कृषहरु बढेको बताउनुभयो । जुनारमा लाग्ने विभिन्न रोग किरा नियन्त्रण भएसँगै अहिले जुनार उत्पादन पनि बढेको पाख्रिनको भनाई छ ।

उक्त तालिम समापन कार्यक्रममा रामेछाप नगरपालिकाका लेखा अधिकृत मदन सुवेदी,कृषि शाखा संयोजक कृष्ण भुजेल,कृषि प्राविधिक लवश्री विश्वकर्मा,सुचना प्रविधि अधिकृत दिपक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार