रामेछापको सुनारपानीमा टिपरको ठक्करबाट दुई जना घाइते

रामेछापको सुनारपानीमा टिपरको ठक्करबाट दुई जना घाइते

रामेछापको मन्थली नगरपालिका ५ सुनारपानीमा मंगलबार(आज) भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सालुबाट मन्थली आउँदै गरेको वाग्मती प्रदेश ०१–००३ क ८७०७ नम्बरको टिपरले मन्थलीबाट सालुतर्फ जाँदै गरेको बा ७० प २२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार ओखलढुंगा जिल्ला लिखु गाउँपालिका १ बस्ने प्रभुराम खड्का र मन्थली नगरपालिका ११ बस्ने राजेन्द्रकुमार बुढाथोकी घाइते भएका छन् । मोटरसाइकलको पछाडि सवार बढाथोकी गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेको तामाकोसी अस्पताल मन्थलीमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार