रामेछाप नगरपालिकाद्धारा ६ वटा रेडियोलाई प्राथमिक उपचार बक्स वितरण

रामेछाप नगरपालिकाद्धारा ६ वटा रेडियोलाई प्राथमिक उपचार बक्स वितरण

रामेछापको रामेछाप नगरपालिकाले जिल्लामा रहेका ६ वटा रेडियोलाई प्राथमिक उपचार बक्स वितरण गरेको छ । आज नगरपालिकाका प्रमुख नर ब थापा मगरले हजुरको रेडियो,रेडियो रामेछाप,रेडियो तिनलाल,रेडियो तिफदी,रेडियो झंकार र रेडियो ईनर्जीलाई प्राथमिक उपचार बक्स वितरण गर्नुभएको हो ।

रेडियोमा काम गर्ने पत्रकारहरुलाई सामान्य औषधी उपचारमा सहयोग पुगोस भनेर प्राथमिक उपचारका सामानहरु सहितको बक्स वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु ब कार्कीले बताउनुभयो । उक्त प्राथमिक उपचार बक्समा १६ थरीका औषधिहरु रहेका छन । ज्वरो,दुखाई कम गर्ने,एलर्जी,पेट दुखेको, टाउको दुखेको, झाडापखाला तथा वान्ता रोक्ने लगायतका औषधिहरु बक्समा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार