एमालेले टिकट नदिएपछि खाँडादेवी गाउँपालिका अध्यक्ष तामाङ नेकपा एसमा प्रवेश

रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य समेत रहनुभएका तामाङ एमालेले पुन पालिका अध्यक्षको टिकट नदिएपछि आज नेकपा एसमा प्रवेश गर्नुभएको नेकपा एसका एक नेताले जानकारी दिनुभयो । अध्यक्ष तामाङले यही वैशाख ११ गतेबाट लागुहुने गरी गाउँपालिका अध्यक्षबाट राजीनामा दिइसक्नुभएको छ । […]

रामेछापका युवा पत्रकार महतारा सम्मानित

नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सदस्य,ईरामेछाप डटकम अनलाईनका संचालक तथा सम्पादक,हजुरको रेडियो १०२.१ मेगाहर्जका समाचार प्रमुख राजन महतारा सम्मानित हुनुभएको छ । आज रामेछाप नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । पत्रकार महतारालाई नगरपालिकाको विकास गतिविधि र कार्यक्रम बारे सुचना संकलन,प्रकाशन र प्रसारण गरि नगरको समग्र विकास र सेवा प्रवाहमा पुर्याएको योगदानको […]

रामेछाप नगरपालिकाका राजनीतिक दलहरु निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध

रामेछाप नगरपालिकाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन । आज निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिले आयोजना गरेको स्थानिय तह निर्वाचनमा जारी भएका ऐन,नीति,निर्देशिका,कार्यविधि, निर्वाचन आचारसंहिता तथा निर्वाचन तयारी बारे छलफलमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका सहायक निर्वाचन अधिकृत होम […]

रामेछापमा पहिलो पटक जुनारको बीमा,किसानलाई फाईदा

जुनार खेतीको नामले प्रसिद्धि कमाएको रामेछाप जिल्लामा पहिलो पटक जुनारको बीमा गरिएको छ । विभिन्न रोग,किरा,हावाहुरी,असिना पानीले धेरै नै क्षती पुर्याउँदै आएको जुनारमा बीमा कार्यक्रम सुरु भएपछि किसानलाई फाईदा पुग्ने भएको छ । आइएमई जनरल इन्स्योरेन्सले रामेछापमा पहिलो पटक जुनारको बीमा गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत आज रामेछाप […]

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ परीक्षार्थी सहभागी हुँदै

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ जना परीक्षार्थी सहभागी हुने भएका छन । जिल्लामा ३३ सय ४७ जना नियमित र ४२ जना ग्रेडवृद्धि तर्फका परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुने शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो । जिल्लामा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लामा २१ […]

रामेछापका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि रामेछाप सहित देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्लाको ८ वटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको […]

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा साढे १० करोडको योजनामा सवा ४ करोड भ्रष्टाचार

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा जनप्रतिनिधि, ठेकेदार र कर्मचारीले १० करोडको योजनामा सवा ४ करोड रुपैयाँँ अनियमितता गरेको देखिएको छ । रामेछापको साविक दुरागाउँ, बिजुलीकोट र नागदह गाविस समेट्ने लिखु तामाकोसी गाउँपालिकाका वडा नम्बर १, ४ र ५ नम्बर वडामा विद्युतीकरण योजनाका लागि विनियोजित १० करोड ६१ लाख ९० हजार रुपैयाँँको बजेटमा ४ करोड २१ लाख […]

रामेछापमा कांग्रेस भन्छ् माओवादीका कारण गठबन्धन भाँडियो, माओवादी भन्छ् कांग्रेसका कारण : दोषी को ?

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सहमती जुट्न नसकेपछि जिल्लामा गठबन्धन नै भाँडिएको छ । केन्द्रको निर्देशन अनुसार चुनावी तालमेलको बिषयमा जिल्लामा धेरै पटक छलफल गर्दा पनि सिट बाँडफाँडको विषयमा कुरा नमिल्दा गठबन्धन नै भाँडिएको हो । […]

रामेछापमा गठबन्धन नहुने,सबै दल एक्ला एक्लै चुनाव लड्ने

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । आज साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सहमती जुट्न नसकेको नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण ब तामाङ(कान्छाराम)ले ईरामेछापलाई बताउनुभयो । केन्द्रको निर्देशन अनुसार चुनावी तालमेलको बिषयमा पटकपटक छलफल गर्दा पनि सिट बाँडफाँडको विषयमा कुरा नमिलेको उहाँले बताउनुभयो । […]

रामेछाप नगरपालिकाको स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा

देश लगभग स्थानीय तह निर्वाचनमय भइसकेको छ । रामेछाप पनि यसबाट अछुतो छैन । सञ्चार माध्यम, सामाजिक सञ्चाल, चियापसल, चोक गल्ली, घर परिवार र जताततै निर्वाचनको गफले बढी प्राथमिकता पाउन थालेको छ । यसै सन्दर्भमा आँगनमा आउँदै गरेको चुनावको कुरा गर्दा ५ वर्ष अगाडीको निर्वाचनको सम्झना गर्ने गरिन्छ । देश पुनर्संरचना गरी सँघियता लागु भए […]