रामेछाप नगरपालिकाका राजनीतिक दलहरु निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध

रामेछाप नगरपालिकाका राजनीतिक दलहरु निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध

रामेछाप नगरपालिकाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन । आज निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिले आयोजना गरेको स्थानिय तह निर्वाचनमा जारी भएका ऐन,नीति,निर्देशिका,कार्यविधि, निर्वाचन आचारसंहिता तथा निर्वाचन तयारी बारे छलफलमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका सहायक निर्वाचन अधिकृत होम ब थापाले स्थानिय तह निर्वाचनमा राजनीतिक दल,उम्मेद्वार र संचारमाध्यमले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा जानकारी गराउनुभयो ।

निर्वाचन अधिकृत गिता गुरुङले यो स्थनिय तहको निर्वाचनमा सबै पक्षले आचारसंहिता पालना गनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दल,उम्मेद्वार र संचारमाध्यमलाई आचारसंहिताको पूर्ण रुपमा पालना गरी चुनावी प्रचारप्रसारको काम गर्न आग्रह गर्नुभयो । उहाँले सबैको साथ र सहयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । छलफल कार्यक्रममा पत्रकार,रामेछाप नगरपालिकाका ५ वटा राजनीतिक दलका प्रमुख एवम प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार