रामेछापमा कांग्रेस भन्छ् माओवादीका कारण गठबन्धन भाँडियो, माओवादी भन्छ् कांग्रेसका कारण : दोषी को ?

रामेछापमा कांग्रेस भन्छ् माओवादीका कारण गठबन्धन भाँडियो, माओवादी भन्छ् कांग्रेसका कारण : दोषी को ?

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सहमती जुट्न नसकेपछि जिल्लामा गठबन्धन नै भाँडिएको छ । केन्द्रको निर्देशन अनुसार चुनावी तालमेलको बिषयमा जिल्लामा धेरै पटक छलफल गर्दा पनि सिट बाँडफाँडको विषयमा कुरा नमिल्दा गठबन्धन नै भाँडिएको हो ।

गठबन्धन भाँडिनुमा कांग्रेसले माओवादीलाई दोष देखाइरहेको छ भने माओवादीले कांग्रेसलाई दोष दिइरहेको छ । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले माओवादीको अनावश्यक मागको कारण सत्ता गठबन्धन हुन नसकेको बताउनुभयो । माओवादीले सुनापति गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा दावी गरेकै कारण गठबन्धन भंग भएको उहाँको भनाई छ ।

नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठले कांग्रेसको अनावश्यक दम्भको कारण जिल्लामा बन्न लागेको गठबन्धन पनि भाँडिएको बताउनुभयो । उहाँले कांग्रेसलाई सम्मानजनक सिट लिएर चुनावी तालमेल गर्नको लागि बारम्बार आग्रह गर्दा पनि अनावश्यक माग राखेर गठबन्धन भाँडेको आरोप समेत लगाउनुभयो । कांग्रेसलाई चार वटा स्थानीय तहको नेतृत्व लिन आग्रह गर्दा पनि पाँच वटा स्थानिय तह नै चाहिने अडान नछाडेपछि गठबन्धन भाँडिएको श्रेष्ठको भनाई छ ।

कांग्रेसले मन्थली माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष फिर्ता भए गठबन्धन हुने नत्र नहुने सर्त राखेकै कारणले पनि गठबन्धन भाँडिएको हुन सक्ने धेरैको बुझाई छ । विद्यालय व्यवस्थापन समिति चयन गर्दा नेकपा माओवादी केन्द्रबाट पाएको धोकाका कारणले स्थानिय तहमा तालमेल गर्दा धोका पाइने हो कि भन्ने भ्रमका कारणले गर्दा पनि गठबन्धन नभएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । यद्यपि जिल्लामा गठबन्धन भाँडिनुमा दोषी को ? भन्ने प्रश्नमा एकले अर्कालाई देखाउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार