रामेछापका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रामेछापका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि रामेछाप सहित देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्लाको ८ वटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।

रामेछाप नगरपालिकामा गिता गुरुङ,मन्थली नगरपालिकामा डा.दिवाकर भट्ट,खाँडादेवी गाउँपालिकामा बासुदेव लम्साल,गोकुलगंगा गाउँपालिकामा रामप्रसाद पौडेल,सुनापती गाउँपालिकामा लक्ष्मण उपाध्याय घिमिरे,उमाकुण्ड गाउँपालिकामा योगेन्द्र प्रसाद ढुंगेल,दोरम्बा शैलुङ गाउँपालिकामा पे्रमराज पौडेल र लिखु तामाकोशी गाउँपालिकामा तारादेवी महर्जनले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार