रामेछापका युवा पत्रकार महतारा सम्मानित

रामेछापका युवा पत्रकार महतारा सम्मानित

नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सदस्य,ईरामेछाप डटकम अनलाईनका संचालक तथा सम्पादक,हजुरको रेडियो १०२.१ मेगाहर्जका समाचार प्रमुख राजन महतारा सम्मानित हुनुभएको छ । आज रामेछाप नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

पत्रकार महतारालाई नगरपालिकाको विकास गतिविधि र कार्यक्रम बारे सुचना संकलन,प्रकाशन र प्रसारण गरि नगरको समग्र विकास र सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।

रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगर,उपप्रमुख सृजना खड्का र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले संयुक्त रुपमा पत्रकार महतारालाई दौसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गनुभयो ।

पत्रकार महताराले नगरपालिकाबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो । उहाँले यो सम्मानले पत्रकारीता पेशामा थप जिम्मेवार भएर कलम चलाउने प्रेरणा मिलेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार