सुकाजोरमा कांग्रेसबाट फेरी पनि समिर कार्की वडाअध्यक्षको उम्मेदवार

सुकाजोरमा कांग्रेसबाट फेरी पनि समिर कार्की वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा फेरी पनि समिर कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो ।

२०७४ सालको निर्वाचनमा उमेरको हिसाबले रामेछापकै कान्छो वडाअध्यक्षमा निर्वाचित भएका कार्कीलाई वडामा राम्रो काम गरेको भन्दै फेरी पनि पार्टीले टिकट दिएको हो । ५ वर्षको अबद्यिमा वडा नं ७ सुकाजोरमा शिक्षा,स्वास्थ्य,खानेपानी,सडक जस्ता विकासको काममा निकै परिवर्तन आएको महसुस नागरीकले गरेका छन ।

कुनै पनि हालतमा पुन: समिर कार्कीले वडाअध्यक्षको टिकट पाउनुपर्ने कुरा नागरीकस्तरबाट आउने गरेको थियो । नागरीकले रुचाएको र जनमत पनि धेरै भएको हिसाबले कार्कीलाई पुन वडाअध्यक्षको उम्मेदवार बनाइएको नेपाली कांगेसका सभापति कान्छाराम तामाङले बताउनुभयो ।

पुन: वडाअध्यक्षको उम्मेदवार बन्नुभएका कार्कीले सुकाजोरको विकासमा आफु पहिलादेखी नै रात दिन नभनी लागी परेको बताउनुभयो । ५ वर्षको कार्यकालमा सुकाजोरमा धेरै काम भएको भन्दै उहाँले अबको निर्वाचनमा पनि भारी मतले जित्ने र बाँकी रहेका कामहरुलाई प्रमुख प्राथमिकतामा राखेर अघि बड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार