रामेछापमा गठबन्धन नहुने,सबै दल एक्ला एक्लै चुनाव लड्ने

रामेछापमा गठबन्धन नहुने,सबै दल एक्ला एक्लै चुनाव लड्ने

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । आज साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सहमती जुट्न नसकेको नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण ब तामाङ(कान्छाराम)ले ईरामेछापलाई बताउनुभयो ।

केन्द्रको निर्देशन अनुसार चुनावी तालमेलको बिषयमा पटकपटक छलफल गर्दा पनि सिट बाँडफाँडको विषयमा कुरा नमिलेको उहाँले बताउनुभयो । माओवादीले सुनापति गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा दावी गरेको थियो । माओवादीले चार वटा स्थानीय तहमा दावी गरेपछि कांग्रेसले पनि रामेछापको पाँच वटा स्थानीय तह दावी गरेको थियो ।

एकीकृत समाजवादीले मन्थली नगरपालिकामा दावीको गरेको थियो । सिट बाँडफाँडको बारेमा सहमती हुन सकेन अब एक्ला एक्लै चुनाव लड्छौँ र धेरै पालिकामा चुनाव जित्छौँ सभापति कान्छाराम तामाङले ईरामेछापसँग भन्नुभयो । कांग्रसले स्थानिय तहका आफना उम्मेद्वारहरुलाई ९ गते भित्रै टिकट बाँडिसक्ने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार