एमालेले टिकट नदिएपछि खाँडादेवी गाउँपालिका अध्यक्ष तामाङ नेकपा एसमा प्रवेश

एमालेले टिकट नदिएपछि खाँडादेवी गाउँपालिका अध्यक्ष तामाङ नेकपा एसमा प्रवेश

रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य समेत रहनुभएका तामाङ एमालेले पुन पालिका अध्यक्षको टिकट नदिएपछि आज नेकपा एसमा प्रवेश गर्नुभएको नेकपा एसका एक नेताले जानकारी दिनुभयो । अध्यक्ष तामाङले यही वैशाख ११ गतेबाट लागुहुने गरी गाउँपालिका अध्यक्षबाट राजीनामा दिइसक्नुभएको छ । अध्यक्ष तामाङले पुनः पालिका अध्यक्ष बन्न नेकपा एस रोजेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार