भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ परीक्षार्थी सहभागी हुँदै

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ परीक्षार्थी सहभागी हुँदै

भोलिदेखी सुरु हुने एसईई परीक्षामा रामेछापबाट ३३ सय ८९ जना परीक्षार्थी सहभागी हुने भएका छन । जिल्लामा ३३ सय ४७ जना नियमित र ४२ जना ग्रेडवृद्धि तर्फका परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुने शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लामा २१ वटा परीक्षाकेन्द्र,२१ जना केन्द्रअध्यक्ष,२३ जना सहायक केन्द्रअध्यक्ष,१६९ जना निरीक्षक र ३१५ जना सुरक्षाकर्मी परिचालन हुने भट्टराईले बताउनुभयो । शुक्रबार अर्थात भोलिदेखी देशैभर एसईई परीक्षा सुरु हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार