रामेछाप नगरपालिका २ मा पुनः माओवादीबाट नीर कुमार श्रेष्ठ विजयी

रामेछाप नगरपालिका २ मा पुनः माओवादीबाट नीर कुमार श्रेष्ठ विजयी

रामेछाप नगरपालिका २ मा पुनः माओवादीबाट नीर कुमार श्रेष्ठ विजयी हुनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जित्नु भएका श्रेष्ठले दोस्रो कार्यकालको लागि पनि जित हासिल गर्नुभएको छ ।

उहाँले आफ्नो प्रतिवद्वन्दी कांग्रेसका शुसिलहरी बख्रेलाई २ सय ३२ को फराकिलो मतान्तरमा पराजित गर्दै विजयी हुनुभयो । देउरालीमा श्रेष्ठको प्यानल नै विजयी भएको छ । वडा सदस्यहरुमा अर्जुन पौडेल, केशव बस्नेत, विन्दा सार्की, अनिता काफ्ले निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार