गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ । ६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक […]

बाढीपहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने

सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइँदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धी प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई एक लाखबाट बढाएर दुई लाख पु¥याएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई दुइ लाख र त्यसपछिलाई […]

वायुसेवा निगमका एक सय ४५ जना कर्मचारी जागिरबाट निस्कासन

कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक संकट बेहोनु परेको भन्दै सरकारी निकायले नै १२ बर्षदेखि करार सेवामा रहेका कर्मचारीलाई जागरिबाट निकालेको छ । नेपाल वायुसेवा निगमले एक सय ४५ जना कर्मचारीलाई जागिरबाट निकालेको हो । कोभिड–१९ को प्रभावले निगमको आम्दानी नभएको भन्दै साउनदेखि करार सेवा थपेको छैन । करारमा रहेका चार सय ७८ कर्मचारीमध्ये […]

मुख्य नदीमा जल सतह घट्दो क्रममा

आज देशका मुख्य नदीमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । कोसी र त्यसका सहायक नदीमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायक नदीमा पानीको बहाब घट्दो क्रममा रहेको […]

नेपालमा आज एक सय जना कोरोना सङ्क्रमित थपिए

नेपालमा आज एक सय जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयको आजको नियमित कोभिड १९ सम्बन्धि जानकारीका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको […]

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा धनुषाका एक पुरुष र अर्का ४९ वर्षका चिनियाँ महिला रहेका छन् । चिनियाँ महिला पोखरामा बस्दै आएका थिए । मन्त्रालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई साउन […]

रामेछाप जिल्लामा ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ७५ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ३ र पुरुष ७२ जनालाई क्वारेन्टिनमा राखिएको हो । मन्थली नगरपालिकामा २७ जना, रामेछाप नगरपालिकामा ११ जना, खाडाँदेबि गाउँपालिकामा ७ जना, गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्वा गाउँपालिकामा ७ जना , लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापाति गाउँपालिकामा […]

रामेछापमा पाचँ सय ३० जनाको पिसिआर परिक्षण , १३ जनाको रिर्पोट आउन बाँकी

रामेछाप जिल्लामा पाचँ सय ३० जनाको पिसिआर बिधिबाट कोरोनाको परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले दिएको जानकारी अनुसार हाल सम्म गरिएको परिक्षणमा २५ जनाको रिर्पोट पोजेटिभ आएको छ भने ४९२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कुरमार कर्णले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका १३ जनाको रिर्पोट आउन बाकिँ […]

खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफाल्दा एक वृद्धको मृत्यु

रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन । दोलखाको जिरी नगरपालिका २ रजनटोल बस्ने बर्ष ६० का लाल बहादुर बस्नेतले आज ( बुधबार ) पुलबाट हामफालेको स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । स्थानियको खबर पाउन साथ इलाका प्रहरि कार्यलय जिरी बाट प्रहरि निरिक्षकको कमाण्डमा ५ […]

पुष्पलालको ४२ औँ स्मृति दिवसको अवसरमा विटार पार्कमा वृक्षारोपण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज(बुधबार) रामेछापमा वृक्षारोपण गरेर मनाइएको छ । नेकपा रामेछापका नेता तथा कार्यकर्ताहरुले रामेछाप नगरपालिका वडा नं. ८ मा रहेको विटार पार्कमा वृक्षारोपण गरेर स्मृति दिवस मनाएका हुन । विटार पार्क रामेछापका सहयोगी मन (रासम) समूहको सकृयतामा निर्माण भएको हो । हरेक वर्ष विशेष कार्यक्रम […]