आजदेखि बर्षा कम हुँदै जाने

निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशभरीका ५५ भन्दा भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ । पहाडका ठाउँ ठाउँमा पहिरो गएको छ । तराई क्षेत्र डुवानमा परेको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध हुँदा यात्रा गर्न असहज भएको छ । अझै पनि ६० भन्दा बढी ठाउँमा पहिरोले बाटो रोकिएको छ । यस वर्ष […]

कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जेष्ठ नागरिकको गएराती मृत्यु भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएका महोत्तरीका ६० बर्षका शशि भुषण झाको गएराति मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । मृतकको शव […]

बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खुल्यो, जोखिम कायमै

सरकारले लगाएको लकडाउन अर्थात् बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खोलेको छ । कोरोना सङ्क्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै बेला सरकारले लकडाउन खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को हिजोको निर्णयपछि ११ चैतदेखि लागू गरिएको लकडाउन आजदेखि अन्त्य भएको हो । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय […]

नदि किनारका बस्तीलाई सतर्क रहन रामेछाप प्रशासनको आग्रह

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ । पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर रामेछापका सुनकोशी र तामाकोशी नदिका किनाराका बस्तीहरु नवुघाट , विर्ताघाट , चुकिया घाट , हर्दिनी घाट , कोरमाना , नवलपुर घाट , तल्लो खैरेनी घाट , लुवु , सित्खा , डप्खा , पुच्छिघाट […]