मुख्य नदीमा जल सतह घट्दो क्रममा

मुख्य नदीमा जल सतह घट्दो क्रममा

आज देशका मुख्य नदीमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । कोसी र त्यसका सहायक नदीमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायक नदीमा पानीको बहाब घट्दो क्रममा रहेको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिनुभयो । यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उहाँले बताउनुभयो । गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव चार मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव पाँच, गल्कोटमा ७४ दशमलव दुइ मिलिलिटर पानी परेको वैद्यले जानकारी दिनुभयो । आगामी २४ घण्टामा प्रदेश नम्बर एक, दुइ पाँच, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार