बाढीपहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने

बाढीपहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने

सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइँदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धी प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई एक लाखबाट बढाएर दुई लाख पु¥याएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई दुइ लाख र त्यसपछिलाई प्रति मृतक एक लाख रुपैयाँ मात्रै दिइने छ ।

घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न एक लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न पाँच जनाको परिवार भए १५ हजार र त्योभन्दा धेरै भए २० हजार रुपैयाँ राहत उपलव्ध गराउने निर्णय सरकराले गरेको हो । तीन वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक एक लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ । गृह मन्त्रालयको प्रस्ताव अनुसार मापदण्ड संशोधन गरी राहत रकम बढाउनेसम्बन्धी प्रस्ताव गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार