भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै

भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा एकैदिनमा यति धेरै व्यक्तिमा सङ्क्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १२ […]

नुवाकोटमा घरले पुरिदा एक जनाको मृत्यु, पहिरोले ६ घर वगायो

नुवाकोटको पुर्वी भेग वेलकोटगढीमा अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै पहिरो जांदा दुइपीपलमा वस्ती नै वगाएको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको वेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रे पिर्यनडांडामा आज घर लडेर पुरिदा घरधनी ६८ वर्षिय अक्कलवहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले […]

प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको प्रचण्डको आरोप

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गर्नुभएको छ । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा अब के हुन्छ ? महाधिवेशन हुन्छ कि हुन्न […]

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज दुई घण्टा छलफल भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा बिहान ११ बजेदेखि एक बजेसम्म छलफल भएको हो । पार्टीमा देखिएको विवाद समाधानका उपायबारे दुई अध्यक्षबीच छलफल भए पनि ठोस निर्णय भने भएको छैन । केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष […]

कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने 

राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो । उहाँले कक्षा ११ को […]

पुर्वी नाकाका १८ शसस्त्र प्रहरीलाई कोरोना पुष्टी, सङ्क्रमण समुदायमा फैलिएको आसंंका

पुर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनु भयो । आजको संख्या सहित मेचीनगरमा कोरोना सङ्क्रमितको संख्या […]

कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

कोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ घर भएकी ८५ बर्षका महिलाको नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट नेपालमा निधन हुनेको संख्या ४४ पुगेको छ ।सरकारकोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ […]

श्रमिकको नयाँ ज्याला दर निर्धारण

नुवाकोटका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरूको लागि यस वर्षको दैनिक ज्याला दर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि श्रमिकहरूको नयाँ ज्याला दर निर्धारण गरेको हो । श्रमिक सङ्गठन, निर्माण व्यवसायी, नुवाकोट उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित ज्यालादर सूचाङ्क […]

एक प्रहरीले गर्छन् झण्डै नौसय नागरिकको सुरक्षा

नुवाकोटमा एक जना प्रहरीले झण्डै नौसय नागरिकको सुरक्षा गर्नु पर्ने दायित्व रहेको छ । दरवन्दी अनुसार प्रहरी नहुँदा शान्तिसुरक्षामा प्रभावकारिता हुन नसकेको स्वयम् प्रहरीले जनाएको छ । २ नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको पहाडी संरचनाको नुवाकोटमा सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न मजबुत योजनासहित प्रहरी परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । […]

तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा […]