गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ । ६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेका २३ महिला र सात सय ३० जना पुरुष गरी सात सय ५३ जना कामदारको मृत्यु भएको बोर्डले जनाएको छ ।

यस्तो संख्या अघिल्लो वर्षको तुलनामा गत वर्ष ९७ जना कम रहेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो । गत वर्षमा अङ्गभङ्ग, बिरामी भएर आठ महिला र दुई सय ३६ जना पुरुष स्वदेश फर्किएका छन् । गत आवमा १४ महिला र ६ सय ६५ पुरुष गरी ६ सय ७९ जनाको शव घरसम्मै बोर्डले पु¥याएको छ । ६२ जना समस्यामा परेका कामदारलाई उद्धारका लागि पत्राचार गरिएको बोर्डले जनाएको छ । गएको १२ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका आठ हजार एक सय २९ जनाको विभिन्न देशमा मृत्यु भएको छ । ४२ देशमा रोजगारीमा गएका नेपालीको मृत्यु भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार