असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

बन्दाबन्दी अर्थात् लकडाउनको समय सकिएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरि तयारी गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिएको बोर्डले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि परीक्षाहरू स्थगित भएको थियो । सरकारले मंगलबार मध्यरातिदेखि लकडाउन हटाइएको छ भने भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सबैभन्दा पहिले क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयहरूको सरसफाइ र निर्मलीकरण गरिने जानकारी दिनुभयो । त्यसपछि मात्रै अन्य तयारी हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार