रामेछाप जिल्लामा ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ७५ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ३ र पुरुष ७२ जनालाई क्वारेन्टिनमा राखिएको हो । मन्थली नगरपालिकामा २७ जना, रामेछाप नगरपालिकामा ११ जना, खाडाँदेबि गाउँपालिकामा ७ जना, गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्वा गाउँपालिकामा ७ जना , लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापाति गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ८९ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार