खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफाल्दा एक वृद्धको मृत्यु

खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफाल्दा एक वृद्धको मृत्यु

रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन । दोलखाको जिरी नगरपालिका २ रजनटोल बस्ने बर्ष ६० का लाल बहादुर बस्नेतले आज ( बुधबार ) पुलबाट हामफालेको स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । स्थानियको खबर पाउन साथ इलाका प्रहरि कार्यलय जिरी बाट प्रहरि निरिक्षकको कमाण्डमा ५ जनाको टोली र प्रहरि चौकि शिवालय रामेछापबाट प्रहरि सहायक निरिक्षकको कमाण्डमा २ जनाको टोली खटेर गई उक्त वृद्धको खोजतलास गर्दै जाने क्रममा हामफालेको ठाउंदेखी अंन्दाजी २ किलोमिटर दक्षिण तर्फ खिम्ति खोलाको भंगालोको बिचमा तैरिरहेको अबस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार