नेपालमा कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा धनुषाका एक पुरुष र अर्का ४९ वर्षका चिनियाँ महिला रहेका छन् । चिनियाँ महिला पोखरामा बस्दै आएका थिए । मन्त्रालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई साउन दुइ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो ।

कोभिड पुष्टि भएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा साउन सात गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिकामा बस्ने ६० वर्षका पुरुष खोकी, ज्वरोलगायत समस्या लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार