वीरगञ्जमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंका

वीरगञ्जमा समुदायस्तरमा नोबेल कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा जाँचपछि मात्र भन्न सकिने सरकारले जनाएको छ । हालसम्म भेटिएका सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच धमाधम भइरहेकाले उनीहरूको जाँचको रिपोर्ट नआएसम्ममा यसै भन्न नसकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार वीरगन्जलगायत धेरै सङ्क्रमित भेटिएको स्थानमा मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा […]

नेपालमा तीन महिनामा बाढि पहिरोबाट एकसय ७९ जनाको मृत्यु

वैशाख यता तीन महिनाको अवधिमा नेपालमा पहिरो, बाढी र चट्याङका विभिन्न घटनामा परेर एकसय ७९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोमा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ । बाढीबाट भने ६ जनाको मृत्यु भएको छ […]

कोरोना र बाढी पहिरोका विषयमा प्रतिपक्ष काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । सभापति देउवाले एक सय २० दिन लामो बन्दाबन्दी खुलेपछि आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले कोरोना […]

नेपालमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उहाँलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी […]

नेपालमा पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना सङ्क्रमितकोे संख्या १८ हजार दुइ सय […]

वातावरण संरक्षण परियोजनाको सहकार्यमा हात्तीटारमा वृहत वृक्षरोपण

वर्षातको मौसम शुरुवात भएसँगै वृक्षरोपणको कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाइरहेको वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरपालिका ६ हात्तीटारमा स्थानीय समुदायको सहभागितामा पुरुनीघारी सामुदायिक वनमा बृहत वृक्षरोपण कार्य सम्पन्न गरेको छ । वातावरण संरक्षण, सम्वद्र्धन र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले रामेछाप र मन्थली नगरपालिकाका सामुदायिक वनक्षेत्रमा वातावरण संरक्षण परियोजनाले सहयोग गर्दै आएको परियोजनाका वातावरण संयोजक माधव […]

जबरजस्ती करणीको अभियोगमा रामेछापका एक जना पक्राउ

भक्तपुर प्रहरीले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ स्थायी घर भएका २२ वर्षका राजेश भन्ने सुरेश भण्डारी रहेका छन् । उनलाई करिब एक वर्षपछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार २०७६ असार १४ गते महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । पीडितले बलात्कारीलाई खोजतलास गरी […]

रामेछाप जिल्लाका २० जना अझै बेपत्ता

रामेछाप जिल्लाका २० जना अझै बेपक्ता छन । महिला १५,बालक ४ र बालिका १ सहित २० जना अझै बेपक्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको आर्थिक वर्ष २०७६÷०७७ मा गरेको कार्यसम्पादनका बारेमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका […]

जनप्रतिनिधिले प्रयोग गर्ने मोटरसाइकल चलाउनका लागि पनि चालक

खोटाङको बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्त गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । गाउँपालिकाले सवारी साधनबिनै तीन जना चालकलाई करारमा नियुक्त गरेर वार्षिक पाँच लाख ७६ हजार खर्च गरेको भन्दै महालेखाले प्रश्न उठाएको हो । सवारी साधनविनै चालक राखिएको विषयमा छलफल गर्दा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय […]

असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

बन्दाबन्दी अर्थात् लकडाउनको समय सकिएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरि तयारी गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शिक्षा, […]