वातावरण संरक्षण परियोजनाको सहकार्यमा हात्तीटारमा वृहत वृक्षरोपण

वातावरण संरक्षण परियोजनाको सहकार्यमा हात्तीटारमा वृहत वृक्षरोपण

वर्षातको मौसम शुरुवात भएसँगै वृक्षरोपणको कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाइरहेको वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरपालिका ६ हात्तीटारमा स्थानीय समुदायको सहभागितामा पुरुनीघारी सामुदायिक वनमा बृहत वृक्षरोपण कार्य सम्पन्न गरेको छ । वातावरण संरक्षण, सम्वद्र्धन र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले रामेछाप र मन्थली नगरपालिकाका सामुदायिक वनक्षेत्रमा वातावरण संरक्षण परियोजनाले सहयोग गर्दै आएको परियोजनाका वातावरण संयोजक माधव ढकालले बताउनुभयो ।

ढकालका अनुसार परियोजनाले आफ्नै नर्सरीमा उत्पादित बिरुवाहरु क्यासिया, अमला, आँटी, बकाइनो, लप्सी, खयर, सेतो सिरिश लगायतका अन्य प्रजाति गरी २५०० बिरुवाहरु वृक्षरोपण गरिएको हो । आवश्यक बिरुवा उपलब्ध तथा ढुवानीमा सहयोग पु¥याई नाङ्गो वनपाखालाई हरियाली बनाउने कार्यमा सहयोग पु¥याएकोमा पुरुनीघारी सामुदायिक वनको अध्यक्ष तोप बहादुर माझीले परियोजनालाई धन्यावाद व्यक्त गर्नभयो । साथै आगामी दिनमा उक्त विरुवाको संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूह क्रियाशिल रहने तथा थप बिरुवाहरु निरन्तर रुपमा वृक्षरोपण गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।

अन्य बेलामा उजाड उराठ देखिने पाखा अबको केही वर्षमा हरियाली देखिने आशामा आफु्हरु वृक्षरोपण गर्न आएको आइती माझीले बताउनुभयो । उहाँ जस्तै वृक्षरोपण कार्यक्रममा सहभागी हुनै सबै महिला, बालबालिका र युवाहरु उत्साहित देखिन्थे । मन्थली नगरपालिका वडा नं. १ देखि ६ र रामेछाप नगरपालिका वडा नं. ७ देखि ९ मा कृषि वनको प्रवर्धन, पानीको स्रोत, पोखरी, सिमसारहरुको संरक्षण र भूक्षय रोकथाम लगायतको गतिविधी संचालन गरि जैविक विविधताको संरक्षण र जलवायू परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्ने उद्धेश्यले परियोजनाले कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार