जबरजस्ती करणीको अभियोगमा रामेछापका एक जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा रामेछापका एक जना पक्राउ

भक्तपुर प्रहरीले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ स्थायी घर भएका २२ वर्षका राजेश भन्ने सुरेश भण्डारी रहेका छन् । उनलाई करिब एक वर्षपछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार २०७६ असार १४ गते महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । पीडितले बलात्कारीलाई खोजतलास गरी कारवाही गरी पाउँ भनी दिएको जाहेरी अनुसार खोजतलासको क्रममा उनी पक्राउ परेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार