रामेछाप जिल्लाका २० जना अझै बेपत्ता

रामेछाप जिल्लाका २० जना अझै बेपत्ता

रामेछाप जिल्लाका २० जना अझै बेपक्ता छन । महिला १५,बालक ४ र बालिका १ सहित २० जना अझै बेपक्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको आर्थिक वर्ष २०७६÷०७७ मा गरेको कार्यसम्पादनका बारेमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकका अनुसार जिल्लाका विभिन्न ठाउँका महिला ५१ , बालक १०, बालिका १५ जना गरि ७५ जना हराएकोमा महिला ३६ जना ,बालक ६ जना र बालिका १३ जना गरी ५५ जनालाई फेला पारिएको छ । एक वर्षको समयावधिमा घरेलु हिंसाका ३७ वटा उजुरी परेको , ५० जनाले आत्महत्या गरेको , जिल्लामा १६ वटा जवरजस्ती करणीका घटना घटेको नायव उपरिक्षक पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार