जनप्रतिनिधिले प्रयोग गर्ने मोटरसाइकल चलाउनका लागि पनि चालक

जनप्रतिनिधिले प्रयोग गर्ने मोटरसाइकल चलाउनका लागि पनि चालक

खोटाङको बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्त गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । गाउँपालिकाले सवारी साधनबिनै तीन जना चालकलाई करारमा नियुक्त गरेर वार्षिक पाँच लाख ७६ हजार खर्च गरेको भन्दै महालेखाले प्रश्न उठाएको हो । सवारी साधनविनै चालक राखिएको विषयमा छलफल गर्दा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने मोटरसाइकल चलाउनका लागि चालक राखेको जवाफ आएको महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

आफूहरूलाई मोटरसाइकल चलाउन नआउने भएकाले निजी सहायक भनेर चालक राखिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । अधिकांश स्थानीय तहले चार पाङ्ग्रे सवारी साधन खरिद गरे पनि जिल्लाका चार स्थानीय तहले भने अझैपनि ४ पाङ्गे्र सवारी साधन खरिद गर्न नसकेको जानकारी प्राप्त भएको छ । दुई पाङ्गे्र सवारीको भरमा काम चलाइरहेका स्थानीय तहहरूमा बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार