नेपालमा तीन महिनामा बाढि पहिरोबाट एकसय ७९ जनाको मृत्यु

नेपालमा तीन महिनामा बाढि पहिरोबाट एकसय ७९ जनाको मृत्यु

वैशाख यता तीन महिनाको अवधिमा नेपालमा पहिरो, बाढी र चट्याङका विभिन्न घटनामा परेर एकसय ७९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोमा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ । बाढीबाट भने ६ जनाको मृत्यु भएको छ । यसै अवधिमा पहिरो र बाढीमा परेर ५३ जना बेपत्ता भएका छन् । जसमा पहिरोमा ४७ जना बेपत्ता भएका हुन भने बाढीमा पाँच जना बेपत्ता भएका हुन् । त्यस्तै पहिरो, बाढी र चट्याङ परेर दुई सय ७२ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार मनसुन सुरु भएको जेठ ३० गते देखि हिजोसम्म एक सय ४४ जनाको मृत्यु भइसकेको छ । देशभरका राष्ट्रिय राजमार्ग मध्ये सात राजमार्गमा बाढीपहिरोका कारण क्षति पुगेको छ । तीमध्ये अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असर देखिएको सडक विभागले जनाएको छ । यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई अप्ठ्यारो परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार