नेपालमा पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना सङ्क्रमितकोे संख्या १८ हजार दुइ सय ४१ पुगेको बताउनुभयो । यस्तै पछिल्लो २४ घन्टामा एक सय ५७ जना कोरोना सङ्क्रमित निको भएको जानकारी दिँदै उहाँले नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको संख्या १२ हजार आठ सय ४० पुगेको बताउनुभयो । डा गौतमले नेपालमा हालसम्म ६ जिल्ला कोरोना मुक्त भएको भन्दै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार