तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा […]

वीरगञ्जमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंका

वीरगञ्जमा समुदायस्तरमा नोबेल कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा जाँचपछि मात्र भन्न सकिने सरकारले जनाएको छ । हालसम्म भेटिएका सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच धमाधम भइरहेकाले उनीहरूको जाँचको रिपोर्ट नआएसम्ममा यसै भन्न नसकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार वीरगन्जलगायत धेरै सङ्क्रमित भेटिएको स्थानमा मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा […]

नेपालमा तीन महिनामा बाढि पहिरोबाट एकसय ७९ जनाको मृत्यु

वैशाख यता तीन महिनाको अवधिमा नेपालमा पहिरो, बाढी र चट्याङका विभिन्न घटनामा परेर एकसय ७९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोमा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ । बाढीबाट भने ६ जनाको मृत्यु भएको छ […]

कोरोना र बाढी पहिरोका विषयमा प्रतिपक्ष काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । सभापति देउवाले एक सय २० दिन लामो बन्दाबन्दी खुलेपछि आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले कोरोना […]

नेपालमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उहाँलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी […]

नेपालमा पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना सङ्क्रमितकोे संख्या १८ हजार दुइ सय […]

वातावरण संरक्षण परियोजनाको सहकार्यमा हात्तीटारमा वृहत वृक्षरोपण

वर्षातको मौसम शुरुवात भएसँगै वृक्षरोपणको कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाइरहेको वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरपालिका ६ हात्तीटारमा स्थानीय समुदायको सहभागितामा पुरुनीघारी सामुदायिक वनमा बृहत वृक्षरोपण कार्य सम्पन्न गरेको छ । वातावरण संरक्षण, सम्वद्र्धन र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले रामेछाप र मन्थली नगरपालिकाका सामुदायिक वनक्षेत्रमा वातावरण संरक्षण परियोजनाले सहयोग गर्दै आएको परियोजनाका वातावरण संयोजक माधव […]

जबरजस्ती करणीको अभियोगमा रामेछापका एक जना पक्राउ

भक्तपुर प्रहरीले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ स्थायी घर भएका २२ वर्षका राजेश भन्ने सुरेश भण्डारी रहेका छन् । उनलाई करिब एक वर्षपछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार २०७६ असार १४ गते महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । पीडितले बलात्कारीलाई खोजतलास गरी […]

रामेछाप जिल्लाका २० जना अझै बेपत्ता

रामेछाप जिल्लाका २० जना अझै बेपक्ता छन । महिला १५,बालक ४ र बालिका १ सहित २० जना अझै बेपक्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको आर्थिक वर्ष २०७६÷०७७ मा गरेको कार्यसम्पादनका बारेमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका […]

जनप्रतिनिधिले प्रयोग गर्ने मोटरसाइकल चलाउनका लागि पनि चालक

खोटाङको बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्त गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । गाउँपालिकाले सवारी साधनबिनै तीन जना चालकलाई करारमा नियुक्त गरेर वार्षिक पाँच लाख ७६ हजार खर्च गरेको भन्दै महालेखाले प्रश्न उठाएको हो । सवारी साधनविनै चालक राखिएको विषयमा छलफल गर्दा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय […]