मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान दियो

रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिएको छ । गाई, भैसी पाल्ने किसानको संख्या घट्दै गइरहेको बेलामा पुशपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डेरीमा लगेर दूध बेच्ने किसानलाई नगरपालिकाले प्रति लिटर दुई रुपैयाँको दरले अनुदान दिएको हो । किसानलाई दूधमा अनुदान दिने मन्थली नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार […]

अब रामेछाप नगरपालिकाले पनि गाई भैँसीलाई सुत्केरी भत्ता दिने

रामेछापको रामेछाप नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरभरीका सुत्केरी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ । नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक विजय श्रेष्ठका अनुसार दुधमा आत्मनिर्भर बनाउने, उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रम अन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन लागिएको हो । […]

तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दैे विज्ञप्ती जारी

रामेछाप नागरपालिकामा शिक्षक छनौटको विषयलाई लिएर राजनीतिक पुर्वाग्रह राखेर कर्मचारीको मान मर्यादामा असर पु¥याउने तथा व्यक्तिको चरित्र हत्या गर्ने मनसायले तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दै स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापले विज्ञप्ती जारी गर्दै तथ्यहिन समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रामेछाप–३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि […]

रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ भएको छैन-शिक्षा शाखा

रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ नभएको शिक्षा शाखाले बताएको छ । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि बुधबार शिक्षक छनौट गर्दा निश्पक्ष तरिकाले भएको रामेछाप नगरपालिका शिक्षा शाखाका प्राविधिक साहयक डोर बहादुर तामाङले बतानुभयो । परीक्षा संचालनको दिन वडाध्यक्षले आफूलाई केही गाली गरेको भएपनि कठालोमा समातेर […]

ठोसेका आगोलागी पीडित परिवारलाई रामेछाप प्रशासनद्धारा घरमै पुगेर राहत प्रदान

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसे चौरपातलका आगलागिबाट ज्यानु गुमाउने परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले घरमै पुगेर राहत प्रदान गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ शर्मासहितको टोलीले आगलागीबाट ज्यानु कुमाएकी ८० बर्षिय बृद्धा पासाङलेकी शेर्पाको घरमा पुगेर राहत प्रदान गरेको हो । शुक्रवार प्रजिअ शर्माले […]

ओख्रेनीमा विकासले गति लियो : वडाअध्यक्ष खड्का

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष धन बहादुर खड्काले आफनो वडामा विकासले गति लिएको बताउनुभयो । उहाँले आफु निर्वाचित भएर वडाको विकास र नागरीकको सेवामा रातदिन नभएनी लागेपछि आफनो वडामा धेरै परिवर्तन आएको बताउनुभयो । छ्योईलिङ गुम्बा उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाअध्यक्ष खड्काले वडाका नागरीकहरुसँग हातमा हात र काँधमा […]

पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन्। सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाउनु उचित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताउनुभयो । २०६५ साल फागुनदेखि […]

तामाङ समुदायको सोनाम ल्होसार पर्व आज मनाईदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ ।आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ।प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, […]

शिक्षक छनोट समिती गठनमा पनि चलखेल,सबै गोलामा एउटैको नाम

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार थाक्ले स्थित कालिका ईश्वरी आधारभुत विद्यायलको शिक्षक छनोट समिती गठनमा चलखेल भएको छ । शिक्षक छनोटको लागी गठन गर्न लागिएको ६ सदस्य समितीमा रामेछाप नगरपालिकाका शिक्षा शाखाका प्राविधिक साहायक डोर बहादुर तामाङले फट्याई गरेका छन । कालिका ईश्वरी आधारभुत विद्यायलमा शिक्षक माग भएको र शिक्षक छनोट गर्दा […]

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको प्रर्दशनमा कसले के बोले ?

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुस सहित सभा आयोजना गरेको छ । कार्यक्रममा प्रचण्ड– नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउँदै देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना […]