अब रामेछाप नगरपालिकाले पनि गाई भैँसीलाई सुत्केरी भत्ता दिने

अब रामेछाप नगरपालिकाले पनि गाई भैँसीलाई सुत्केरी भत्ता दिने

रामेछापको रामेछाप नगरपालिकाले गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरभरीका सुत्केरी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ । नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक विजय श्रेष्ठका अनुसार दुधमा आत्मनिर्भर बनाउने, उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रम अन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन लागिएको हो । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई छ । सुत्केरी भत्ता पाउन किसानले सुत्केरी भएको गाई र बाच्छा बाच्छीको फोटो कार्यालयमा पेश गर्नुपर्छ । सम्बन्धित वडाको सिफारीस सहित कार्यालयमा निवेदन दिएपछि सुत्केरी भत्ता वापतको रकम एक हजार रुपैयाँ प्रदान गर्ने पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार