ठोसेका आगोलागी पीडित परिवारलाई रामेछाप प्रशासनद्धारा घरमै पुगेर राहत प्रदान

ठोसेका आगोलागी पीडित परिवारलाई रामेछाप प्रशासनद्धारा घरमै पुगेर राहत प्रदान

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसे चौरपातलका आगलागिबाट ज्यानु गुमाउने परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले घरमै पुगेर राहत प्रदान गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ शर्मासहितको टोलीले आगलागीबाट ज्यानु कुमाएकी ८० बर्षिय बृद्धा पासाङलेकी शेर्पाको घरमा पुगेर राहत प्रदान गरेको हो । शुक्रवार प्रजिअ शर्माले बिपद् ब्यबस्थापन कोषबाट मृतक परिवारलाई २ लाख १५ हजार रुपैयाँ प्रदान गर्नुभयो । राहत रकमको साथमा ओड्ने बलाङकेट, भाडाकुडा, त्रिपाल लगाएतका सामाग्री समते पीडित परिवारलाई उपलब्ध गराइएको छ । यसअघि गोकुलगंगा गाउँपालिकाले पनि मृतक परिवारको लागि पचास हजार नगद सहित खाद्यन सहयोग गरेको थियो । आगलागीबाट करिब पाँच लाख रुपैयाँ भन्दा बढीको क्षती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार