रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ भएको छैन-शिक्षा शाखा

रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ भएको छैन-शिक्षा शाखा

रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि सेटिङ नभएको शिक्षा शाखाले बताएको छ । रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि बुधबार शिक्षक छनौट गर्दा निश्पक्ष तरिकाले भएको रामेछाप नगरपालिका शिक्षा शाखाका प्राविधिक साहयक डोर बहादुर तामाङले बतानुभयो । परीक्षा संचालनको दिन वडाध्यक्षले आफूलाई केही गाली गरेको भएपनि कठालोमा समातेर घिसारेको भन्ने कुरा सत्य नरहेको तामाङले बताउनुभयो । यस अघिका परीक्षाहरुमा समेत विभिन्न सेटिङ गरेर काम गरिएको भन्ने तथ्यहिन आरोप लगाइएको र त्यस्ता आरोपमा कुनै पनि सत्यता नरहेको प्रास तामाङको भनाई रहेको छ । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले २८ गतेको घटना त्यहि दिन समधान भएर पनि शिक्षक छनौट भइसकेको बताउनुभयो । काम गर्दा भएको सामान्य त्रृटिलाई शिक्षा शाखाको कर्मचारीले कामको लोडले त्रृटि हुन गएको भनेर आफूसँक्ष जानकारी गराएको र उक्त त्रृटि अबका दिनमा नदोहोरिने बताएपछि त्यहि दिन उहाँकै प्रतिनिधित्वमा परीक्षा संचान भएर नतिजा समेत सार्वजनिक गरिएको लामगादेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार