मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान दियो

मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान दियो

रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिएको छ । गाई, भैसी पाल्ने किसानको संख्या घट्दै गइरहेको बेलामा पुशपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डेरीमा लगेर दूध बेच्ने किसानलाई नगरपालिकाले प्रति लिटर दुई रुपैयाँको दरले अनुदान दिएको हो । किसानलाई दूधमा अनुदान दिने मन्थली नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार ११ लाख भन्दा बढी नगद किसानलाई वितरण गरिएको मन्थली नगरपालिका पशु सेवा स्वास्थ्य शाखा मन्थलीका पशु सेवा प्राविधिक मुकुन्द खड्काले जानकारी दिनुभयो । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृति वार्षिक कार्यक्रम अनुसार भैसीहरुमा सुत्केरी स्याहार प्रोत्साहन भत्ता अनुदान सहयोग कार्यक्रम र गाई भैसीहरुको विमा गर्दा किसानले तिर्नुपर्ने २५ प्रतिशत विमा रकमको अनुदान सहयोग गरेको खड्काले जानकारी दिनुभयो । दूधमा अनुदान दिएपछि पशुपालक किसानहरु बढेको पनि नगरपालिकाको जनाएको छ । नगरपालिकाले पशु विमामा सहुलियत र दूधमा अनुदान दिएपछि पुशपालक किसानहरु पनि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार