शिक्षक छनोट समिती गठनमा पनि चलखेल,सबै गोलामा एउटैको नाम

शिक्षक छनोट समिती गठनमा पनि चलखेल,सबै गोलामा एउटैको नाम

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार थाक्ले स्थित कालिका ईश्वरी आधारभुत विद्यायलको शिक्षक छनोट समिती गठनमा चलखेल भएको छ । शिक्षक छनोटको लागी गठन गर्न लागिएको ६ सदस्य समितीमा रामेछाप नगरपालिकाका शिक्षा शाखाका प्राविधिक साहायक डोर बहादुर तामाङले फट्याई गरेका छन । कालिका ईश्वरी आधारभुत विद्यायलमा शिक्षक माग भएको र शिक्षक छनोट गर्दा ६ सदस्य समिती गठन प्रक्रियामा नगरपालिकाका कर्मचारी डोर बहादुर तामाङले गोला प्रथागर्ने भन्दै ६ वटै गोलामा एउटै आफु निकटका व्यक्तिको नाम राखेर गोला छान्न लगाएका थिए ।

प्राविधिक साहायक तामाङले गरेको उक्त फट्याई वडा नम्बर ३ का वडाअध्यक्ष भुपाल श्रेष्ठले थाहा पाएपछि यो कुरा बाहिर आएको हो । शिक्षक छनोट समितीमा यो खालको चलखेलले कुनै जनप्रतिनिधिको ईशारामा प्राविधिक साहायक तामाङले यस्तो हर्कत गरेको हुन सक्ने वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । आज रामेछाप नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी वडाअध्यक्ष भुपाल श्रेष्ठले उक्त कुराको जानकारी गराउनुभयो । कर्मचारीको यस्तो व्यवहारले जनप्रतिधिीको शिर निहुरीएको वडा नम्बर ६ का वडाअध्यक्ष धन बहादुर खड्काले बताउनुभयो । उहाँले यस्तो फट्याई गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाहि गर्न नगर प्रमुख समक्ष आग्रह गर्नुभएको छ ।

रामेछाप नगरपालिकामा यस्तो खालको हर्कत धेरै नै हुने गरेको भन्दै वडा नम्बर ५ का वडाअध्यक्ष भिम बहादुर तामाङले यो काम सेटिङमा भएको र निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले नेतृत्वलाई असफल बनाउन यस्तो काम कसैले ईसारामा कर्मचारी मार्फत गराएको बताउनुभयो । उहाँले आफुले घटनाको बारेमा निश्पक्ष रुपमा जानकारी लिएर विभागीए कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार