तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दैे विज्ञप्ती जारी

तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दैे विज्ञप्ती जारी

रामेछाप नागरपालिकामा शिक्षक छनौटको विषयलाई लिएर राजनीतिक पुर्वाग्रह राखेर कर्मचारीको मान मर्यादामा असर पु¥याउने तथा व्यक्तिको चरित्र हत्या गर्ने मनसायले तथ्यहिन समाचार प्रकाशन एवं प्रशाण गरिएको भन्दै स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापले विज्ञप्ती जारी गर्दै तथ्यहिन समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रामेछाप–३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि माघ २८ गते शिक्षक छनौट गर्दाको विषयलाई लिएर सामान्य त्रृटि भएको विषयलाई त्यहि दिनै समाधान गरेर निश्पक्ष तरिकाबाट शिक्षक छनौट भइसकेको कुरालाई पुनः राजनीतिक पुर्वाग्रह राखेर माघ २९ गते पत्रकार सम्मेलन गरी रामेछाप–३ का वडाध्यक्षले रामेछाप नगरपालिकामा कार्यरत प्रा.स डोर बहादुर तामाङलाई हातपात गरेरको र कठालोमा समातेर कार्यालय प्रमुखकोमा लगेको भन्ने जस्ता कपोकल्पित, भ्रामक र असत्य समाचार सम्प्रेशण गरिएको भन्दै त्यस्ता समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष घनामाया श्रेष्ठद्वारा हस्तक्षरित विज्ञप्तीमा शिक्षक छनौटमा विज्ञ छनौट गर्दा सामान्य त्रृटि भएको र उक्त त्रृटिका विषयमा सामान्य भनाभन मात्रै भएको भएपनि हातपात गर्ने र कठालो समाउने जस्ता अपराध जन्य कार्यहरु गरेको भन्ने भ्रामक र असत्य समाचार सम्प्रेशन गर्ने संचार माध्यमलाई कारबाही गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार