प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको प्रर्दशनमा कसले के बोले ?

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको प्रर्दशनमा कसले के बोले ?

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुस सहित सभा आयोजना गरेको छ । कार्यक्रममा प्रचण्ड– नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउँदै देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित आमसभामा सम्बोधनगर्दै पूर्वमन्त्री समेत रहनुभएका नेताशर्माले देशलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधानहुने बताउनुभयो । त्यस्तै नेताशर्माले जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने र आफूहरुलाई पार्टीभन्दा देश प्यारो भएको पनि बताउनुभयो ।

चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्छ : प्रवक्ता श्रेष्ठ

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमाआयोजितविरोधसभामा सम्बोधनगर्दै प्रवक्ताश्रेष्ठले प्रधानमन्त्री केपीओलीले घोषणा गरेको वास्तविकचुनावनभएकोले त्यसलाई प्रतिगमनविरुद्धको आन्दोलनले खारेज गर्ने दाबीगर्नुभयो ।

केपीओलीले चुनावगर्न घोषणा गरेको पनिहोइन, चुनावनगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्रविरोधीभएको हामी धज्जी उडाउँछौं र हामी प्रतिगमन विरोधी आन्दोलनलाई सफल बनाएर त्यसलाई खारेज गर्न तत्पर छौं श्रेष्ठले भन्नुभयो । सारा लोकतन्त्रवादीहरु चुनावको पक्षमा रहेको प्रस्ट्याउँदै नेताश्रेष्ठले अहिले घोषणा गरिएको चुनाव संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने भएकोले आफूहरुलाई मान्यनहुने बताउनुभयो । संविधानलाई घात गर्ने चुनाव, संविधानलाई अपहरण गरेर संविधानलाई घात गर्ने संविधानविरोधीचुनावहामीलाई चाहिएको होइन, त्यो लोकतन्त्र अन्तर्गतको चुनावहोइन, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध बोल्न पाउनुपर्छ :  झाँक्री

नेता रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध बोल्न पाउनुपर्ने बताउनुभयो । नेता झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यस विरुद्ध बोल्ने बताउनुभयो । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्तभएको उपलब्धि एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्ने हो, झाक्रीले भन्नुभयो । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ ।

आजको प्रदर्शनमा ५ लाखा मानिस सहभागी : प्रचण्ड 

नेकपा प्रचण्ड–नेपाल समूहकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहापाउनप्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रहगर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिनओलीले सभाभनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताउनुभएको थियो र ओली समूहले काठमाडौंमाशक्तिप्रदर्शन गरेको थियो ।

आजआफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिदै आफूहरुले गरेको प्रदर्शनमा ५ लाखमानिस सहभागीभएको सूचनाआएको बताउनुभयो । प्रचण्डले प्रधानमन्त्रीओलीलाइ सभा कस्तो हुन्छ ? देख्नुभयो ?भनेर प्रश्नगर्नुभएको थियो । अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनताजम्मापार्ने चेतावनीपनिउहाँले दिनुभयो । अध्यक्षप्रचण्डले केपीओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउनलागेको पनिबताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार