ओख्रेनीमा विकासले गति लियो : वडाअध्यक्ष खड्का

ओख्रेनीमा विकासले गति लियो : वडाअध्यक्ष खड्का

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष धन बहादुर खड्काले आफनो वडामा विकासले गति लिएको बताउनुभयो । उहाँले आफु निर्वाचित भएर वडाको विकास र नागरीकको सेवामा रातदिन नभएनी लागेपछि आफनो वडामा धेरै परिवर्तन आएको बताउनुभयो । छ्योईलिङ गुम्बा उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाअध्यक्ष खड्काले वडाका नागरीकहरुसँग हातमा हात र काँधमा काँध मिलाएर अगाडी बढेको बताउनुभयो । ओख्रेनी वडा बहुजाति,बहुभाषी र बहुसांस्कृतिक विविधताले भरीपुर्ण रहेको भन्दै वडाअध्यक्ष खड्काले सम्वृद्ध वडा निर्माण गर्न सबैको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । गुम्बा निर्माण समितीका अध्यक्ष मंगल कुमार पाख्रिनको अध्यक्षतामा सोनाम ल्होसारको अवसरमा आयोजित छ्योईलिङ गुम्बा तथा बुद्धपार्क उद्धघाटन कार्यक्रममा ल्होसारको शुभकामना आदन प्रदान गरिएको थियो । जम्मा १५ लाख ४३ हजार ४ सय २६ रुपैयाँ लागतमा तयार भएको छ्योईलिङ गुम्बा तथा बुद्धपार्कमा साँढे ७ फिट अग्लो बुद्धको मुर्ती बनाइएको छ । वडा कार्यालय,विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा गुम्बा तथा पार्क निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार