वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरको सुझाव

वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरको सुझाव

रामेछाप लगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले सुझाव दिएका छन । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका छन् । वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाक सम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने जिल्ला अस्पताल रामेछापका डाक्टर रोशन ग्वाच्छाले बताउनुभयो ।

प्रदूषण बढेको बेलामा सकेसम्म घरबाहिर ननिस्कन र घरमा बस्दा पनि झ्याल, ढोका थुनेर बस्न डाक्टरहरूको सुझाव छ । बाहिर निस्कनै पर्ने भएमा उच्च गुणस्तरको मास्क र आँखामा चस्मा वा सन–ग्लास लगाउन डाक्टर ग्वाच्छाको सुझाव छ । प्रदूषण बढेका बेलामा कन्ट्याक्ट लेन्सले आँखा थप सुख्खा बनाउने र घाउ बनाउने भएकोले कन्ट्याक्ट लेन्स प्रयोग गर्न नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार