कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

कोरोना महामारीको प्रभावपछि वैदेशिक रोजगारीमा जानेकोे सङ्ख्या घट्यो

कोरोना भाइरस कोभिड १९ को प्रभावपछि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको चैत्र देखि चालु आर्थिक वर्षको हालसम्म बैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ४ लाख ४४ हजार २ सय २७ जनाले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । अघिल्लो वर्ष ५ लाख ४५ हजार १७ जनाले श्रम स्वीकृत लिएका थिए, यो वर्षको चैत्र सुरु सम्म एक लाख ७ सय ९० जनाले मात्रै श्रम स्वीकृति लिएका छन् ।

जसमा महिला कामदारको सङ्ख्या ७ हजार ७ सय ६२ जना रहेको छ अनि पूरुष कामदार भने ९३ हजार २८ जना रहेका छन् । यो वर्ष सबै भन्दा बढि कतार, साउदी अरब, दुवई, ओमान, र मलेसियाको लागी श्रम स्वीकृत लिएको वैदेशिक रोजगार विभागका सुचना अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिनुभयो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दैनिक औसतमा १ सय ५० का दरले कोरोना सङ्क्रमित थपिँदै गएपछि त्यसको प्रभाव फेरी सबै क्षेत्रमा देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार