हालको वायु प्रदुषणका असर र बच्ने उपाएहरु

हालको वायु प्रदुषणका असर र बच्ने उपाएहरु

बन जङ्गल डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा ठुलो मात्रमा जम्ममा हुदा वायु प्रदूषण झन कडा बन्दै गएको छ । बिगत ४ दिन यता नेपाल सहित एसिएन मुलुकमा बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।वायु प्रदूषण उच्च रहेकाले देशभर आकाश खुलेको छैन। देश भित्र राखिएका वायु प्रदूषणको सूचक हरेक घण्टा ३५० हाराहारी पुग्ने गरको छ ।
अब सातादिनमा एक पटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम खतरा रहन हुदा जङ्गलनजिकै भएका बस्तीहरू थप सचेत रहनुपर्ने देखिन्छ । विभागका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै ५०० स्थानमा डढेलो लागेको थियो तरपनि सोमबार सम्म आउदा डढेलो लागर्ने क्रम जन बढदै ६०० भन्दा माथि पुगेको छ । जसले गरदा स्वास्थय क्षेत्रमा ठुलो समस्या देखिन थालेको छ ।

यस्ता छन वायु प्रदुषणका कारणहरु : 

बन जङ्गगल डढेलो, आगोलागी हुनु ,सवारी साधनको अत्याधिक प्रयोग ,फोहोर मैला जथाभावी फाल्नु । कलकारखाना मानव बस्ती नजीक हुनु ,पुराना सवारी साधन विस्तापित गर्न नसक्नु । किटनाशक औंषधीको प्रयोग गर्नु ।
धुवा धुलोलाई नियन्त्रण गर्न नसक्नु । बढ्दो सहरीकरण कारण समेत वायु मण्डल प्रदुषण भइरहेको छ ।

वायु प्रदुषणले स्वास्थ्यमा पार्ने असरहरू : 

काठमाडौंमा वायु प्रदूषणको मुख्य कारण भनेको यहाँको हावामा भएका मसिना कण हुन । यी कण श्वासप्रश्वास प्रणालीबाट मानव शरीरमा पसेपछि यसले फोक्सो, मुटुलगायत विभिन्न संवेदनशील अंग तथा प्रणालीमा हानि र्पुयाउन सक्छ । अझ डिजेल गाडीको धुवाँमा हुने कार्सिनोजेनिक तत्वका कारण यसले क्यान्सरसमेत निम्त्याउन सक्छ । श्वास प्रस्वास सम्बन्धी संक्रमण ,फोक्सो, आँखा आदिमा असर ,एलर्जी, निमोनिया, घाँटीको क्यान्सर आदि

वायु प्रदुषणबाट बच्ने उपायहरु : 

वनजंगल फडानी नगर्ने, वृक्षारोवण गर्ने कार्यमा प्रोत्सहान गर्ने , कलकारखना तथा उद्योग धन्दालाई मानव बस्तीबाट टाढा राख्ने , ढल निकासको उचित व्यवस्था गर्ने ,मानव वस्ती वरीवपरी धुँवाजन्य पदार्थहरु नजलाउने ,व्यवस्थित सहरीकरणको विकास गर्ने , विद्युत शक्ति र सौर्य उर्जाको प्रयोगमा विशेष जोड दिने ,खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोर मैला फाल्न प्रतिबन्ध गर्ने । अहिलेको जस्तो समयमा माक्स लगायर मात्र बाहिर निस्कने ।

लेखक : माधब ढकाल
वातावरण संयोजक
वातावरण संरक्षण परियोजना
मन्थलि रामेछाप

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार