चार नेतालाई स्पष्टिकरण सोधिनु बिधान बिपरित भएको एमाले नेपाल पक्षको ठहर

चार नेतालाई स्पष्टिकरण सोधिनु बिधान बिपरित भएको एमाले नेपाल पक्षको ठहर

नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टीका चार नेतालाई स्पष्टिकरण सोधिनु बिधान बिपरित भएको ठहर गरेको छ । हिजो बसेको आफु पक्षिय नेताहरुको बैठकले अध्यक्ष केपी शर्मा ओलीको दुराशयको हिस्साका कारण मात्रै यो परिस्थिति उत्पन्न भएको ठहर गरेको छ । अध्यक्ष ओली वाह्य शक्तिसँग साँठगाँठका आधारमा देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काममा संलग्न रहेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

बैठकपछि विज्ञप्ति निकालेको विज्ञप्तिमा नवौं महाधिवेशनबाट निर्वाचित माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अनेक झुठा आरोप लगाउँदै सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित ओलीद्वारा कथित स्पष्टिकरण सोधिएको उल्लेख छ । नेपाल र रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधान विपरीत स्वेच्छाचारी कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच, नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ ।

उहाँले स्पष्टीकरणमा व्यक्तिवादको घोर नशाबाट ब्यूँझन ओलीलाई आग्रह गर्नुभएको छ । सत्ता र शक्तिको भोगको हिसाबले प्रधानमन्त्रीले पाउन अझै केही बाँकी नरहेको र पार्टीलाई बन्धक बनाएर ती सबै पूरा गरेको उहाँले बताउनुभएको छ । पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकता जस्ता धरोहरहरु भत्काउँदै लगेको र अझै पनि अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत जोगाइदिन भुसालले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार