रामेछाप नगरपालिकाको कार्यालयमा ‘स्तनपान कक्ष’ सञ्चालनमा

रामेछाप नगरपालिकाको कार्यालयमा ‘स्तनपान कक्ष’ सञ्चालनमा

रामेछापको रामेछाप नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालनमा ल्याएको नगर उप्रमुख सृजना खड्काले जानकारी दिनुभयो । ‘सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

अब ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो बच्चालाई स्तनपान गराउन सहज हुने उपप्रमुख खड्काले बताउनुभयो । झट्ट सुन्दा र देख्दा सामान्य जस्तो लागे पनि यसको महत्व र यसले पार्ने प्रभाव ठूलो रहेको उहाँको भनाइ छ । खुला ठाउँमा स्तनपान गराउन महिलालाई असहज हुँदा बच्चाले समयमा स्तनपान गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुने स्थिति सिर्जना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’, उहाले भन्नुभयो । नगरपालिकाको कार्यालय भित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार