अदालतलाइ सामान्य रुपमा नलिन प्रधानमन्त्रीको आग्रह

अदालतलाइ सामान्य रुपमा नलिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई मजाकका रुपमा नलिन नेताहरुलाई आग्रह गर्नुभएको छ । आज काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसला प्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताउनुभयो । आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? प्रधानमन्त्री ओलीले भन्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उल्टापाल्टा कुरा नगर्न पनि उहाँले आग्रह गर्नुभयो । पार्टी एकताको कुरा डबलीमा गर्दै हिँडेको भन्दै ओलीले प्रचण्डलाई बेकारका कुरा नगर्न आग्रह गर्नुभयो । यस्तै फरक प्रसंगमा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने पनि बताउनुभयो । रिपोर्टस क्लव नेपालको बार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्ने बताउनुभयो ।

सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको उहाँको भनाइ छ । हुलाकी राज मार्ग लगायतका राजमार्ग निर्माणका काम भइरहेको पनि उहाँले बताउनुभयो, उहाँले सडक सबै ठाउँमा पु¥याइने भन्दै हुम्लामा पनि छिट्टै सडक पुग्ने बताउनुभयो । सरकारले एकैपटक ३ सय ९ अस्पताल शिलान्यास गरेको बताउदै उहाँले २ सय १० सडक एकैपटक शिलान्यास गरेको पनि प्रधानमन्त्री बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार